दफा २८
हुलाक वस्तुहरुको बीमा अनिवार्य गराउने अधिकार
: नेपाल सरकारले समय समयमा
नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सोही सूचनामा तोकिएका हुलाक वस्तुहरुको वीमा अनिवार्य गराउन सक्नेछ र बीमा गर्न अनिवार्य भएको हुलाक वस्तु बीमा नगरी पोष्टिंग गरिएमा सोही सूचनामा तोकिएको विशेष दस्तुर लिई मात्र ठेगानावालालाई डेलिभरी गर्ने वा पठाउनेलाई फिर्ता डेलिभरी गर्ने गरी निर्देश दिन सक्नेछ ।
तर सो बमोजिम दस्तुर लिएको कारणले त्यस्ता हुलाक वस्तुको सम्बन्धमा नेपाल सरकारले कुनै दायित्व व्यहोर्नु पर्ने छैन ।